टेकु अस्पतालमा संक्रमितहरु भूईंमै बसेर उपचार गराउँदै

काठमाडौं । जेठ ३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बेड अभाव भएपछि कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराईरहेका छन् ।
संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार गराईएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा वेड अभाव भएपछि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँ मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् ।