मोटरसाइकल पछाडि सवर श्रीमतीको चेनमा सल बेरिँदा मृत्यु

काठमाडौं । जेठ ३, गोलवजार नगरपालिका ५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
मृतकको श्रीमान राजेश्वार साहले चलाएको स.१० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका १ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।