बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं । जेठ ३, बाँकेमा आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्म विभिन्न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३ः४५ बजे, मधुबन नगरपालिका–९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २ः३० बजे र बासगढी नगरपालिका–६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्यु भएको बताईएको छ ।
यता भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५ः३० बजे र कोहलपुर नगरपालिका–९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्यु भएको छ ।
यस्तै भिमदत्त नगरपालिका-३ कञ्चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२ः३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।