जेठ २० गतेदेखि अपि पावरले हकप्रद शेयर विक्री गर्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि २९ दशमलव ३८ प्रतिशत (प्रतिकित्ता रू १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता) हकप्रद शेयर विक्री गर्ने भएको छ ।

त्यसैगरी, असार ९ गतेसम्म विक्रीमा रहने यो बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गरेकाले बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र आवेदनका लागि योग्य भएका हुन ।

यक्त हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ ।

सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ ।

अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू ७ अर्ब ४० करोडमध्य रू २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ । एजेन्सीहरुको साथमा ।

 

 

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्