फौजि किराको प्रकोपः मकै बाली सखाप

सहयात्रा टिभी

सुनसरी । जेठ ३, सुनसरीमा अघिल्लो बर्ष जस्तै यसपाली पनि विभिन्न स्थानमा लगाइएको मकै वालीमा फौजि किराको प्रकोप देखिएको छ ।

पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको प्रकाशपुर, भोक्रहा, देवानगञ्ज, लोकही, महेन्द्रनगर, लगायतका स्थानमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।

बाहिरवाट मकै देखिएपनि घोगामा दाना नहुने समस्या रहेको कृषकहरुले बताएका छन् । किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग व्यापक छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताउनुभयो । उहाँले ‘फौजी किरा नियन्त्रणका लागि बालीउपचार शिविर समेत सञ्चालन गरिने बताउनुभयो ।

 

 

 

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्