किसानलाई गहुँ भित्र्याउने चटारो (फोटो फिचर)

काठमाडौं । जेठ ३, भक्तपुरका किसानहरु यति बेला गहुँ भित्र्याउन व्यस्त भएका हुन। धानपछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए असिना, पानीले नास गर्ने चिन्ता किसानहरुमा छ।
यस वर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँ खेती बृद्धि भएको छ। कोरोना भाइरस महामारीका कारण गत वर्ष सिजनको बीचमै ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यस वर्ष पनि संक्रमणको जोखिमलाई ध्यानदिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेको थिए।
चाँगुनारायण नगरपालिका क्षेत्रमा गहुँ खेती व्यापक बृद्धि भएको छ। यस नगरपालिकाको दुवाकोटमा गहुँखेतीमा केही कमी आएपनि छालिङ, बागेश्वरी, विशेषगरी सुडाल र ताथलीमा गहुँ खेती बृद्धि भएको छ।