बुटवलमा थप चारजना संक्रमितको मत्यु

सहयात्रा टिभी

बुटवल । जेठ ४, लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् ।

त्यसैगरी अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो भने जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२ः०४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको डा. गौतमले बताए ।

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्