सुनको मूल्य तोलामा ६ सयले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर उकालो लागिरहेको छ ।

सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्