पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए २,६३५ जना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको बताईएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्