दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

सहयात्रा टिभी

नवलपरासी– नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।

दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्