१० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण

भरतपुर । जेठ ५, उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
त्यस्तै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना सङ्क्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार सामग्री हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष पौडेलले मानवीय सेवाका लागि सङ्घका तर्फबाट हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटर उपयुक्त ठाउँमा प्रयोग हुनेमा विश्वास व्यक्त गरे ।
अस्पतालका अध्यक्ष डा. अधिकारीले विभिन्न सङ्घसंस्थाले स्वास्थ्य सामग्री वितरण गरी मानवीय कार्यमा सहयोग गरिरहँदा पहिलो पटक चितवन उद्योग सङ्घबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुँदा आफूहरु निकै खुशी भएको बताए ।