केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शनिबार स्वीजरल्याण्डबाट स्वास्थ्य सामाग्री आइपुग्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै ण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको उपप्रधानमन्त्री ईश्वर पोखरेल जानकारी दिए ।

त्यस्तै राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिए । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्