सगरमाथामा आरोहण गर्न गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

काठमाडौं । जेठ ५, सगरमाथा आरोहणका क्रममा मंगलबार एक आरोही गाइडको मृत्यु भएको छ । ट्याग नेपाल ट्रेकिङ कम्पनीमा कार्यरत संखुवासभाका आरोही गाइड २८ वर्षीय पेम्वा टासि शेर्पाको मृत्यु भएको कम्पनीले बताएको हो ।
आरोहणका क्रममा रहेका शेर्पा दोस्रो क्याम्प भन्दा मुनीको खर्पसमा परेर मृत्यु भएको हो । सगरमाथा आरोहणकै क्रममा एक साता अघि दुई जना विदेशीको मृत्यु भएको थियो ।