नेपाल प्रहरीका पूर्व आईजीपी बरालको निधन

काठमाडौं । जेठ ५, नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको मंगलबार साँझ महाराजगञ्जस्थित निवासमा निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।
त्यस्तै म्यानमारका लागि पूर्व राजदूतसमेत खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एसएसपी कुँवरले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।