दीपक मनाङे पुनः मन्त्री पदमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री बनेका छन् ।

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीले मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका हुन् ।

यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् । एजेन्सीको साथमा ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्