स्याङ्जामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

स्याङ्जा । जेठ ५, स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा तथा होमआइसोलेनमा मृत्यु भएको छ ।

वालिङ नगरपालिकाका तीन, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिकाका एक/एक जना गरी ६ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यस्तै वालिङ नगरपालिका वडा १३ की ५५ वर्षीय महिला त्यसै गरी वालिङ नगरपालिका वडा १ का ७६ वर्षीय कोरोना संक्रमित पुरुष र वालिङ नगरपालिका वडा नं २ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेनमा जेठ ४ गते निधन भएको बताईएको छ ।

चापाकोट नगरपालिका वडा नं ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको जेठ ४ गते गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ भने पुतलीबजार नगरपालिका वडा नं १ का ९२ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ ।

त्यसैगरी भीरकोट नगरपालिका वडा नं ३ की ७० वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा निधन भएको छ ।

हालसम्म जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्