रातकी रानी (फोटो फिचर)

दाङ । जेठ ५, पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले संचालन गरेको ड्रागन फ्रुट फर्ममा रातकी रानी नामले चिनिले ड्रागन फ्रुट फक्रन र फुल्न सुरु गरेका छन्।
यसको एउटा विरुवाले एक वर्षमा पाँच पटकसम्म फल दिने गर्दछ। हाल उनको फर्ममा सात हजार बढी ड्रागन फ्रुटका विरुवाहरु छन्।
यो फ्रुट जेठ महिनादेखि कार्तिक महिना सम्म फल्ने र रातको समयमा फुल्ने गर्दछ। ड्रागन रोपेको चार वर्षदेखि २०–२५ वर्षसम्म फल दिने गर्दछ।