केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्राजिलमा कोरोनाबाट एकैदिनमा २५ सय १३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, ब्राजिलमा कोभिड संक्रमणका कारण थप २ हजार ५ सय १३ जनाको मृत्यु भएको छ । ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोभिड प्रभावित राज्यको रूपमा रहेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वमा कोभिडका कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको सूचीमा ब्राजिल हाल दोस्रो स्थानमा छ ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्