आगामी तीन दिनको मौसम पूर्वानुमानः कस्तो छ चक्रवातको असर ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान:

जेठ ६ गते (बिहीबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

जेठ ७ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति: प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ८ गते (शनिबार)
दिउँसोः प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्यतया सफा रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्