मोरङमा सवारी दुर्घटनाहुँदा दुईको मृत्यु, तीन जना घाइते

सहयात्रा टिभी

मोरङ । जेठ ६, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा बुधबार राति सवारी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १८५१ नम्बरको स्कोरपिओलाई नम्बर नखुलेको अर्को सवारी साधनले राति १२ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए।

उनका अनुसार दुर्घटनामा परेर झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र उनकी सासूआमा मोरङको रंगेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवाकोटीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया बिनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन्।

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्