मोनाकोलाई पराजित गर्दै पीएसजी च्याम्पियन

काठमाडौं । जेठ ६, पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जित्न सफल भएको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।
त्यस्तै स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे ।मोनाको ५ पटक यो पाधि जितेको छ भने पीएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो ।