महामारीमा कसले कति गरे सहयोग ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, कोरोना महामारीले देश अहिले आक्रान्त छ भने विभिन्न देशमा जस्तै उद्योगी व्यवसायीहरु आफ्नो क्षमता अनुसार सहयोगमा जुटेका छन् ।

सरकारीद्धारा आर्थिक सहयोग मात्रै नभई विभिन्न क्षेत्रमा आईशोलेशन सेन्टर निर्माण, अक्सिजन सिलिण्डर सहयोग, अक्सिजन प्लान्टको स्थापना लगायतम उद्योगी व्यवसायीहरु लागिरहेका छन् ।

बिनोद चौधरी
नेपालका अर्बपति बिनोद चौधरीको चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउण्डेशनले १० करोड रुपैयाँ खर्च गर्दैछ । धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको चौधरी फाउण्डेशनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाउँदैछ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ ।

शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छा गोल्छा अर्गनाईजेशनका कार्यकारी निर्देशन हुन् । गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् । सिंगापुरको टेमासेक फाउण्डेशनबाट अनुदानमा प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरेर ल्याएर सरकारलाई दिएको गोल्छा अर्गनाईजेशनले आफ्ना विभिन्न कम्पनीमार्फत छुट्टा छुट्टै सहयोग समेत गरिरहेको छ ।

विजयकुमार शाह
जावलाखेल गु्रप अफ इन्डन्ट्रिजका अध्यक्ष विजयकुमार शाहले काभ्रेको धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरे । गत आर्थिक वर्षमा सरकारलाई सबैभन्दा बढि आयकर तिर्ने करदातासमेत रहेका शाहले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डर खरिदका लागि उक्त रकम सहयोग गरेका हुन् ।

दिपक मल्होत्रा
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षसमेत रहेका दिपक मल्होत्रा आइएमएस ग्रुपका अध्यक्ष हुन् । अक्सिजन सिलिण्डरको अभाव भएपछि उनले चीनबाट ल्याएर द्द हजार २५० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । डी.एम. फाउण्डेशनमार्फत सामाजिक काम गर्दै आएका मल्होत्राले चीनबाट अर्डर गरेका ल्याएका अक्सिजन सिलिण्डर केही अस्पताललाई निशुल्क वितरण गरेका छन् । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्