आज नेप्से ६.३७ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, नेपाल स्टक एक्सचेञ्ज नेप्से आज(बिहिबार) नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।

त्यसैगरी आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने आज ८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । एजेन्सीको साथमा ।

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्