१० मिटरसम्म हावामा फैलन सक्छ कोरोना
काठमाडौं । जेठ ६, कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार, र मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ । भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त सल्लाह दिएको छ ।
राम्रो भेन्टिलेसन भए संक्रमण फैलने खतरा कम:
भारत सरकारका तर्फबाट ‘स्टप द ट्रान्समिसन, क्रस द पेन्डेमिक’ नाममा जारी गरिएको दस्तावेजमा भेन्टिलेशनको महत्वबारे जोड दिइएको छ । जुन स्थानमा भेन्टिलेशनको राम्रो सुविधा छ, त्यहाँ एक संक्रमितबाट दोस्रोमा संक्रमण फैलने खतरा कम रहने दस्तावजमा उल्लेख छ ।
संक्रमित व्यक्तिको नाकबाट ड्रपलेट्स र एयरोसोलका रुपमा निस्कने र्याल नै संक्रमण फैलनुको प्राथमिक कारण रहेको यसमा उल्लेख छ । तर, बाहिरको हावा भित्र आइरहेको छ भने संक्रमणको खतरा कम हुने पनि उल्लेख छ । अलग–अलग सतहमा लामो समयसम्म संक्रमितको ड्रपलेट्स रहिरहने पनि भारत सरकारले जारी गरेको दस्तावेजमा उल्लेख छ । त्यसै कारण ढोकामा ह्यान्डल, लाइटबाट स्विच, टेबुल–कुर्सीलगायतलाई ब्लीच र फिनेलजस्ता किटाणु नाशकले सफा गर्न आग्रह गरिएको छ ।
डबल लेयरको मास्क लगाउन आग्रह:
मानिसहरुले डबल लेयर या एन ९५ मास्क लगाउनुपर्ने पनि भारत सरकारले जनाएको छ । सर्जिकल मास्क छैन भने कटनका दुईवटा मास्क लगाउन सल्लाह दिइएको छ । सर्जिकल मास्कको प्रयोग एकपटक मात्रै गर्ने गरिन्छ । तर यदि त्यसमाथि कपडाको मास्क लगाइएको छ अर्थात् डबल मास्क लगाइएको छ भने पाँचपटकसम्म यस मास्कको प्रयोग गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीको परीक्षणमा ध्यान जाओस्:
एडभाइजरीमा भनिएको छ– ‘तपाईको इलाकामा रहेका मानिसहरुलाई ¥यापिड एन्टिजेन परीक्षण गराउनुस् । स्वास्थकर्मीहरुलाई र्यापिड एन्टिजिन परीक्षण गराउने प्रशिक्षण अवश्य दिनुपर्छ । यी स्वास्थकर्मीलाई सर्टिफाइड एन ९५ मास्क उपलब्ध गराउनुपर्छ ।’
एजेन्सीको साथमा