तरुण दलको राष्ट्रपतिलाई महाभियोग लगाई हटाउन माग
सहयात्रा टिभी
काठमाडौं । जेठ ७, राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नयाँ सरकार गठनका लागि प्रक्रिया थालेपछि भण्डारीलाई नेपाल तरुण दलले महाभियोग लगाई हटाउन भनि माग गरेको छ ।
त्यस्तै तरुण दलले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएको छ । यस कदमले संविधानमाथि राष्ट्रपतिबाट फेरि घात भएको तरुण दलले जनाएको छ ।