संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीको सहमती
सहयात्रा टिभी
काठमाडौं । जेठ ७, प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न सहमत भएका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको बताईएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष बिच बसेको बैठकले कार्यदलका सदस्यको टुंगो लगाउने सहमति भएको छ।
साथै नता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएका छन् । २१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएका हुन् । एजेन्सीको साथमा ।