युट्युवबाट हटाईयो सट फिल्म ‘मनबार’

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो ।

उक्त फिल्म अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् ।

केही महिना अगाडि सार्वजनिक भएको फिल्मको नक्कल गरिएको कुरा अहिले चर्चामा आएको हो । जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए ।

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्