जन्म कैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ

सहयात्रा टिभी

बुटवल । जेठ ७, जन्म कैदको सजाय पाएका एक ब्यक्तिलाई रुपन्देही प्रहरीले १९ वर्ष पछि पक्राउ गरेको छ ।

पुनरावेदन अदालत बुटवलले २०५९ माघ १५ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ रुद्धपुरका यमबहादुर क्षेत्री १९ वर्षपछि पक्राउ परेका हुन् ।

भारतमा लुकिछिपि बस्दै आएको र अहिले नेपाल आएको प्रहरीलाई सुचना मिलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । बैशाख यता रुपन्देही प्रहरीले १० वर्ष भन्दा बढि सजाय भएका फरार प्रतिवादीहरु हालसम्म ११ जनालाई पक्राउ गरेको बताएको छ ।

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्