केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनको चेतावनीपछि बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, चीनले क्रिप्टोकरेन्सीमाथि नियन्त्रण गर्ने बताएपछि बिटकोइनको मूल्य विगत तीन महिनामा पहिलो पटक ३४,००० अमेरिकी डलरभन्दा कम भएको छ।

त्यस्तै बिहिबार बिटक्वाइनको मूल्यमा केही सुधार आएर ४२ हजार डलर पुगेको छ ।चीनले मङ्गलवार ब्याङ्कलाई क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाउँदै लगानीकर्ताहरूलाई क्रिप्टो कारोबारप्रति सचेत गराएको छ।

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कम्पनीमा कारोबारका लागि बिटक्वाइनको प्रयोग नगर्ने घोषणा गरेको थियो भने टेस्लाको सो घोषणासँगै गत हप्ता बिटक्वाइनको मूल्यमा करीब ४० प्रतिशतको गिरावट आएको थियो ।

त्यस्तै बिटक्वाइनबाट कम्पनीको कारोबार नगर्ने एलन मस्कको घोषणासँगै टेस्ला कम्पनीको शेयर मूल्यमा पनि करीब ३ प्रतिशतको गिरावट आएको छ । मस्कसँग करीब डेढ अर्ब डलर बराबरको बिटक्वाइन रहेको छ ।

यस्ता छन् एलन मस्क र बिटक्वाइन बीचको सम्बन्धका सन्दर्भ :

  1. सन् २०२१ मा टेस्ला सिइओ एलन मस्कले बिटक्वाइनमा रुची देखाउदै करीब डेढ अर्बको  बिटक्वाइन टेस्लाले खरीद गर्यो ।
  2. फेब्रुअरीमा ३४ हजार डलर रहेको बिटक्वाइनको मूल्य अप्रिलको अन्तिममा ६४ हजार डलर पुग्यो ।
  3. मार्चमा मस्कले बिटक्वाइनबाट भुक्तानी गरेर टेस्लाका गाडी खरीद गर्न सकिने बताए ।
  4.  मेको दोश्रो हप्तामा मस्कले युटर्न लिए भने टेस्लामा भुक्तानीका लागि बिटक्वाइन स्विकार नगरिने उनको नयाँ घोषणा रहेको थियो ।
  5. पिपुल्प बैंक अफ चाइनाले पनि भुक्तानीका लागि डिजिटल टोकनको प्रयोग बन्द गर्ने घोषणा गर्यो ।
  6. यी घटनासँगै विज्ञहरुका अनुसार बिटक्वाइनको मूल्य अझै तल झर्न सक्दछ ।

चीनको भनाई :

चीनले सन् २०१९ मा मुद्रा निर्मलीकरण नियन्त्रण गर्नका लागि क्रिप्टोकरेन्सीको माध्यमबाट हुने कारोबारमा रोक लगाए पनि मानिसहरुले अनलाइन कामका लागि बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीका माध्यमबाट कारोबार गरिरहेका थिए, जुन कार्य चीन सरकारका लागि टाउको दुखाईको विषय बनेको थियो ।

मंगलबार चीनको नेशनल इन्टरनेट फाइनेन्स एसोसिएसन तथा पेमेन्ट एण्ड क्लियरिङ एसोसिएसन समेतका चीन सरकारी संस्थाहरुले सोसल मिडियामा चेतावनी जारी गरेका थिए ।

markets.co मा काम गर्ने निल विल्सन भन्छन् , ‘चीनले पहिले देखिनै क्रिप्टोकरेन्सीको क्षेत्रमा दबाब बनाउने कोसिस गरिरहेको थियो र अहिले उसले कडा कदम चालेको छ । क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै चीनको केन्द्रिय बैंकले आफ्नै डिजिटल मुद्रा लागू गर्ने निर्णय गरेको छ । चीनको यो निर्णयबाट अन्य देशहरु पनि प्रभावित भएर चीनको बाटोमा अगाडि बढ्ने सम्भावना छ। यसले क्रिप्टोकरेन्सीको भविष्य कमजोर बन्न सक्छ ।’

चीनको निर्णयसँगै बिटक्वाइनको माध्यमबाट चीनमा कुनै कारोबार हुन सक्दैन । तर विश्वको ७५ प्रतिशत भन्दा धेरै बिटक्वाइनको माइनिङ चीनमै हुने गर्दछ ।

एजेन्सीको साथमा

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्