सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदी भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्