महोत्तरीका विभिन्न स्थानमा सात जनाको मृत्यु

सहयात्रा टिभी

महोत्तरी । जेठ ९, गएराति महोत्तरीका विभिन्न स्थानमा सात जनाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टकाले जनाए ।

गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारीको आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको बताईएको छ ।

त्यसैगरी कोरोनाबाट गएराति पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको बताईएको छ ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्