चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, केही बर्ष अगाडि हलमा रिलिज भएको चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक गरिएको छ ।

सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुनराज पौडेलको छायांकन रहेको छ भने चिनिमाया मानन्धर चलचित्रको निर्माता हुन् ।

किचमान चित्रकारको कथा रहेको यो चलचित्रमा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्