२ अर्ब ७० करोडको औषधि भित्रियो

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

विभागका अनुसार यस्तो आयात जेठको पहिलो हप्तामा मात्रै ६ करोड ८३ लाख रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै सोही अवधिमा ७९ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको औषधिजन्य कच्चा पदार्थ समेत आयात भएको विभागले जनाएको छ ।

त्यस्तै कोभिड–१९ को तिब्र संक्रमण रोकथाम र उपचारलाई विशेष प्राथमिकता दिने उद्देश्यले सरकारले स्वास्थ्य सम्बन्धित औषधि, मेडिकल सामाग्री तथा उपकरणहरुको आयातमा तिब्र भन्सार जाँच पासको सुविधा प्रदान गरेको बताईएको छ ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्