अत्यधिक चिसो मौसमले अल्ट्रा म्याराथुन दौडमा सहभागी भएका २१ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ९, उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा शनिबार अल्ट्रा म्याराथुन दौडमा सहभागी भएकाहरु मध्ये अत्यधिक चिसो मौसमले गर्दा २१ जनाको मृत्यु भएको छ।
१ हजार किलोमिटर दुरीको उक्त दौड चीनको एक रमणीय पर्यटक स्थलबाट शुरु भएको थियो भने शनिबार दिउँसोतिर दौडका सहभागीहरु एक पहाडी भागमा पुग्दा असिना पर्नुका साथै वर्षा भएर तापक्रम घटन गएको थियो।
चिनिंया समाचार समिति सिन्ह्वाका अनुसार दौडका धावकहरुको रुटमा थर्मल–इमेजिंग ड्रोन, रडार डिटेक्टर र विविध उपकरण सहित १२ सय भन्दा बढी उद्धारकर्ताहरू पठाएर उद्धारको प्रयास सुरू गरिएको थियो। धावकहरु पुगेको क्षेत्रमा शनिवार हावाको चिसोका साथै ६ डिग्री सेल्सियस भन्दा कम तापक्रम देखिएको जनाईएको छ। एजेन्सीको साथमा ।