सल्यान अस्पतालमा ३ संक्रमितको मृत्यु

सुर्खेत । जेठ ९, जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यान दिएको जानकारी अनुसार मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष रहेका छन् ।
आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।