बालाजु औद्योगिक क्षेत्रको सेनिटाइजर कम्पनीमा प्रहरीको छापा, ठुलो परिमाणमा सेनिटाइजर बरामद

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, बालाजुको औधोगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेर अवैध रुपमा उत्पादन गरिएको ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।

बिना दर्ता सेनीटाइजर उत्पादन गर्ने काठमाडौं–१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई पक्राउ गरिएको परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्