अब हवाइ यात्रुका लागि स्वदेशमा नै उत्पादित नेपाली दूध

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।

नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिइन् ।

नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् । हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने संस्थानका अध्यक्ष बाबुराम पाण्डेले बताए ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्