भिषण आगलागीबाट पाँच घर जलेर नष्ट, २५ लाख मूल्य बराबरको क्षति

सहयात्रा टिभी

राजविराज । जेठ ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागीबाट पाँच घर जली नष्ट भएका छन् ।

उक्त आगलागी स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट सुरू भएको र निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो ।

घर निर्माण गर्न भनि जम्मा गरेर राखेको करीब रु छ लाख रकम जलेर खरानी भएको छ । सो आगोमा १२५ सिसीको डिसकभर मोटरसाइकल र आफ्नो घरको सम्पूर्ण सामग्री जलेर खरानी भएको शोभाकान्तको भनाइ रहेको छ ।

अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले बताएको छ ।

 

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्