पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन

सहयात्रा टिभी

भोजपुर । जेठ १०, भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना भाईरसको सङ्क्रमणबाट निधन भएको छ ।

७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको हो ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए ।

 

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्