केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्ममा तेन्जिंग नोर्गेको भूमिका निभाउने पात्रको खोजी शुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, अस्ट्रेलियन हाइ अल्टिच्युट डाइरेक्टर जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म “तेन्जिंग” मा तेन्जिंग नोर्गेको भूमिका निभाउने पात्रको खोजी शुरु भईरहेको छ ।

आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्येबाट प्रथम सगरमाथा आरोहीमध्ये एक तेन्जिंग नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले छानिने कलाकारलाई आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने बताइन् ।

इच्छुक कलाकारले उक्त फिल्म परियोजनाको लिंक https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने छ ।

यसअघि जेनिफरले २०१४ मा निर्देशन गरेको ‘शेर्पा’ चलचित्र विश्व चर्चित फिल्म हो । उक्त फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डमा नेटफिलिक्समा हेर्न पाइन्छ । एजेन्सीको साथमा ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्