२ वर्षअघि मृत्यु भएका आरोहीको शव सगरमाथा क्षेत्रमा भेटियो

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, सगरमाथा क्षेत्रमा विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका अमेरिकी क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको छ ।

वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए। अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्