केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाभन्दा पनि खतरनाक भारतमा फैलिएको ‘ब्ल्याक फंगस’

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, कोरोना महामारीले थलिएको भारतलाई यतिखेर फेरी अर्को समस्या आइलागेको छ ।

भारतमा ब्ल्याक फंगस नामक भाइरस फेला परेको छ जुन कोरोना भाइरसको तुलनामा निकै जोखिमपूर्ण छ।

भारतभर ब्ल्याक फंगसबाट संक्रमित भएका झण्डै १० हजार मानिस फेला परिसकेका छन्। म्युकरमायाकोसिस पनि भनिने यो संक्रमण भएका मानिसलाई बचाउन उनीहरूको आँखा नै निकाल्नुपरेको छ।

चिकित्सकहरूका अनुसार कोरोना संक्रमणबाट मुक्त भएको १२ देखि १८ दिनभित्र मानिसको शरीरलाई ब्ल्याक फंगसले आक्रमण गर्ने गरेको पाइएको छ। निकै तीव्र गतिमा फैलिरहेकाले भारतका २९ राज्यमा यो समस्यालाई महामारी घोषणा गर्न आग्रह भइरहेको छ।

मध्य प्रदेशको इन्दौर शहरस्थित ११ सय शय्या रहेको महाराजा यशवन्तराव अस्पतालमा एक साताभित्रै ब्ल्याक फंगसबाट संक्रमित १८५ जना भर्ना भएका छन्। यसबाट पीडित बिरामीलाई उपचार गर्न खर्चसमेत महंगो पर्ने र औषधी आपूर्ति पनि सहज नभएको डा. पान्ड्यको भनाई रहेको छ।

ब्ल्याक फंगस पीडितहरूको ज्यान जोगाउन चिकित्सकहरूले एम्फोटेरिसन बी या एम्फो–बी इन्जेक्सन प्रयोग गरिरहेका छन्। यो इन्जेक्सन हरेक ८ हप्तामा एकपटक लगाउनुपर्छ। स्ट्यान्डर्ड एम्फोटेरिसिन बी डीअक्सीकोलेट र लिपोसोमल एम्फोटेरिसिन पनि औषधी पनि खुवाउने गरिएको छ।

के हो ब्ल्याक फंगस ?

म्युकरमायकोसिस पनि भनिने यो संक्रमण ढुसीका कारण हुन्छ। माटो, बिरुवा, मल र सडेको फलफूल तथा सागसब्जीमा यस्तो ढुसी हुनसक्छ। यो फंगसले अनुहारको हड्डी, दिमाग र फोक्सोमा असर गर्छ। डायबिटीज र एचआइभीरएड्स लगायत रोग लागेकालाई संक्रमण भए मृत्युदर अधिक हुनसक्छ।

नाक बन्द हुनु, नाकबाट रगत या कालो पदार्थ निस्कनु, आँखा चिलाउनु र पीडा हुनु, आँखाको परेली उठाउन नसक्नु, धमिलो देख्नु र अन्त्यमा अन्धोपन हुनेजस्ता समस्या ब्ल्याक फंगसले निम्त्याउने गर्छ।

ब्ल्याक फंगसबाट संक्रमित भई खराब अवस्थामा पुगेकालाई बचाउन गाह्रो हुने भएको र यस्तो स्थितिमा दिमागसम्म संक्रमण फैलन नदिन त्यहाँ संक्रमितको आँखा नै निकाल्न परिरहेको छ।

ब्ल्यांक फंगस रोक्न अहिलेसम्म फेला परेको एकमात्र औषधी एन्टी फंगल इन्जेक्सन नै हो। यो इन्जेक्सनको एक डोजको मूल्य नै करिब ३५ सय भारु पर्छ। यो इन्जेक्सन हरेक ८ हप्तामा एकपटक लगाउनुपर्छ। एजेन्सीको सहयोगमा ।

 

 

 

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्