माधव र झलनाथसहित ११ जना एमालेबाट निष्काशित, साधारण सदस्यसमेत नरहने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १०, नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीवाट निष्कासन गरेको छ । अन्य १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ दिएका थिएनन् ।

आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्