बागमती प्रदेशमा कोरोनाबाट २४ घण्टामा ४९ जनाको मृत्यु

सहयात्रा टिभी

मकवानपुर । जेठ ११, कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४९ जनाको मृत्य भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका २४ जना, ललितपुरका ८ र भक्तपुरका ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसैगरी काभ्रेका ५ जना, नुवाकोटका ४ जना, चितवन र सिन्धुपाल्चोकका १र१ जनाको संक्रमणबाट मृत्यु भएको छ भने मृत्यु हुनेहरु ३२ देखि ९३ वर्ष उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा संक्रिय संक्रमितको संख्या ५८ हजार २ सय १३ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १ सय ४३ जना, विभिन्न अस्पतालमा १ हजार २ सय ५५ जना, एचडियूमा २ हजार ८३ जना, आइसियूमा ८ सय ८३ जना, भेन्टिलेटरमा ३ सय ६७ जना र होम आइसोलेशनमा ५३ हजार ४ सय ९२ जना रहेका बताईएको ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्