मालीमा सैन्य कू को खतरा, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ ११, अफ्रिकी देश मालीमा एक वर्षको अवधिमा फेरि दोस्रो पटक सैन्य कू को खतरा बढेको छ । त्यहाँको सेनाले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनेलाई हिरासतमा लिएको छ ।
![](https://sahayatratv.com/wp-content/uploads/2021/05/Mali-President-Bah-Ndaw.jpg)
संयुक्त राष्ट्रसंघीय मिसनले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको घटनाको आलोचना गर्दै तत्काल रिहाइको माग गरेको छ ।
राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएका हुन् ।
संयुक्त राष्ट्रसंघीय मिसनले दुवै पक्षलाई शान्त रहन अपील समेत गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको खबरसँगै मालीमा वर्षदिन भित्रै दोस्रोपटक सैन्य कू को भय बढाएको छ । ९ महिना पहिले मालीमा सैन्य कू भएको थियो ।
रक्षा मन्त्रीलाई पनि बन्धक बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अफ्रिकन युनियन, इकोनोमिक कम्युनिटी अफ वेष्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकासहितले घटनाको निन्दा गरेका छन् ।