इराक जाने नेपाली फुटबल टोलीको पिसिआर नेगेटिभ

काठमाडौं । जेठ ११, इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली फुटबल टोलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ खेलाडी र १२ अफिसियलको स्वाब संकल गरेर पिसिआर परीक्षण गराएको थियो । जसको रिपोर्ट नेगेटिभ आएको छ भने आज राति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत् इराक प्रस्थान गर्दैछ ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीलाई राखेका छन् ।
नेपाले यही जेठ १५ गते इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ। समूह बीमा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।
यस्तो छ नेपाली टिम:
फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान
डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
एजेन्सीहरुको साथमा ।