सरकारको खोप सहायताका लागि नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, सरकारले कोभिड –१९ विरुद्धको खोप सहयोगका लागि अमेरिकासँग अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्धारा अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरीएको छ ।

सोमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गरे । प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे ।

“द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्,” मन्त्रालयले जारी गरेकोे विज्ञप्तिमा उल्लेख गरीएको छ ।

मन्त्री ज्ञवालीले महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगबाट त्यसलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय क्षमता वृद्धिमा सघाउ पुगको बताउँदै नेपाल सरकारका तर्फबाट कृतज्ञता ज्ञापन गरे । आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरे । एजेन्सीको साथमा ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्