पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् ।

त्यस्तै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको बताईएको छ ।

हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्