अमेरिकी र रुसी राष्ट्रपति बाइडेन र पुटिनबीच जेनेभामा भेटघाट हुने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १२, अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी महिना जेनेभामा भेटघाट हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी गराएको छ ।
‘दुई नेताबीच विद्यमान मुद्दामा विस्तारमा छलफल हुनेछ । हामी रुस–अमेरिका सम्बन्धमा स्थिरता खोज्दैछौँ,’ ह्वाइट हाउसका विदेश सचिव जेन साकीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
बेलायतमा आयोजना हुने जी ७ राष्ट्रहरुको बैठकको भोलिपल्टै यो भेट आयोजना हुन लागेको हो । जी ७ बैठकमा विश्वका नेताहरुबीच रुसका विषयमा पनि छलफल हुने तयजस्तै छ ।
त्यअसघि १४ जुनमा नेटोको बैठक हुनेछ र यसमा पनि रुसको आक्रामक कदका विषयमा दुई राष्ट्रबीच छलफल हुने अनुमान गरिएको छ । क्रेमलिनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा पुटिनले रुस–अमेरिका सम्बन्धको थप विकासबारे बाइडेनसँग छलफल गर्ने उल्लेख छ ।
रुस मामिलामा आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पभन्दा बाइडेन कठोर देखिएका छन्। रुसी विपक्षी नेता एलेक्जाई नाभाल्नीमाथि भएको विष हमला र त्यसपछिको उनको गिरफ्तारीलाई कारण देखाउँदै गत मार्चमा अमेरिकी सरकारले रुसी अधिकारीहरूमाथि विभिन्न प्रतिबन्ध जारी गरेको थियो । त्यस्तै, अप्रिलमा धेरै व्यक्ती र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्ध बिस्तार गरेको थियो ।
त्यस्तै २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाउँदै बाइडेन प्रशासनले रुसी अधिकारीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो । गत महिना अमेरिकाले साइबर हमलाको आरोपमा १० रुसी कुटनीतिज्ञलाई वासिङ्टनबाट हटाएको थियो । एजेन्सीको साथमा ।