यो वर्षको विशेष चन्द्रग्रहण (भिडियोसहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, आज चन्द्र ग्रहण हो । विश्वका भिन्न भिन्न स्थानहरुबाट चन्द्रग्रहणका फोटोहरु सार्वजनिक भइरहेका छन् ।

यो वर्ष विश्वका विभिन्न स्थानबाट सुपर ब्लड मुन देखिने भएकाले पनि विशेष रहेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्ने बताएको छ । नासाका अनुसार जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

आजको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तर, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिन सकिन्छ ।

प्रकाशित : 26 May, 2021

प्रतिक्रिया दिनुहोस्